काठमाडौं । जोर्डनको विदेश मन्त्रालयले सिरियाको अवस्थाबारे मंगलवार जोर्डनले सिरिया र संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय छलफल गरेको छ ।
जोर्डनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अयमान सफादी, सिरियाली विदेश मामिला प्रमुख असाद हसन अल–शिबानी, टर्कीका लागि अमेरिकी राजदूत र सिरियाका लागि विशेष दूत थोमस ब्यारेक र तीन देशका सम्बन्धित संस्थाका प्रतिनिधिहरू बैठकमा सहभागी थिए ।
सहभागीहरूले स्वेइडा सिरियाको अभिन्न अंग रहेकोमा जोड दिए । स्वेइडा युद्धविरामलाई सुदृढ पार्न र संकटको समाधान अगाडि बढाउन मद्दत गर्ने उद्देश्यले त्रिपक्षीय कार्य समूह गठन गर्ने सिरियाली अधिकारीहरूले आग्रह गरेका छन् । दुई देशले थप अन्तर्राष्ट्रिय पुनर्निर्माण प्रयासहरूको लागि पनि आह्वान गरेको छ ।
यो बैठक जुलाई १९ मा अम्मानमा भएको वार्तामा आधारित थियो । जुन सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा युद्धविरामलाई सुदृढ पार्ने र त्यहाँको संकट समाधान गर्ने कुरामा केन्द्रित थियो । एजेन्सी














