अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित



काठमाडौं । यस हप्ता केही फ्रान्सेली क्षेत्रहरूमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ ।

जुन यस गर्मीको सबैभन्दा तिब्र गर्मीको लहर मध्ये एक हो । फ्रान्सको राष्ट्रिय मौसम विज्ञान सेवाकाअनुसार अगस्ट २० सम्म चिसो मौसमको अपेक्षा गरिएको छैन ।

बासिन्दाहरूलाई आफ्नो आवतजावत सिमित गर्न, हाइड्रेटेड रहन र गर्मीबाट आफ्नो घरलाई जोगाउन आग्रह गरिएको छ । कमजोर व्यक्तिहरूको लागि विशेष शतर्कता सिफारिस गरिएको छ । राष्ट्रको तेस्रो ठूलो शहर लियोनमा मंगलवार दिउँसो ४१ डिग्री सेल्सियस पुगेको रिपोर्ट गरिएको थियो ।

आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै घर बाहिर निस्किन आग्रह गरिएको छ । एजेन्सी

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  १० : ४२ बजे