काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।

नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीवार सानेपामा आयोजितत कार्यक्रममा उनले यस्तो बताएका हून् ।

काँग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गन, प्रविधिमा पहुँच पुयाई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने बताए । जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि निति बनाउने पक्षमा नेपाली काँग्रेस रहेको उनको भनाई छ ।

उनले प्रविधीमैत्री, नवप्रवद्र्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको पनि बताए। डिजिटल प्लेटफर्मले कामलाई सहजता, तिब्रता र स्रोतमा पहुँचमा पुयाएको उनको भनाई छ । छ । यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुमा यसको नकरात्मक असर पनि पुयाएको उनले बताए।

डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुुरक्षित हुने समस्याको समाधानको लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने , ‘नेपाली काँग्रेस सदैव नवप्रर्वधन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको छ । नेपाली कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुयाई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपपयोेग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नितिमा पुयाउने पक्षमा छौँ । हामी सबै मिलेर प्रविधीमैत्री, नवप्रवद्र्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ । डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिब्रता दिएको छ । स्रोतमा पहुँचमा पुयाएको छ । अझ भनौ विश्वाससँग जोडिएको छ । यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुले यसको नकरात्मक असर पनि पुयाएको छ । नागरिकलाई सचेत बनाउने प्रविधिको भरपर्दो र सुरक्षित उपयोग गर्नको लागि यस प्रकारको कार्यक्रमले सहयोग गर्नेछ । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुुरक्षित हुने समस्याको समाधानको लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक छ ।’

उनले नेपाली काँग्रेसको नेतृत्वको सरकारको अग्रसरतामा जारी भएको दूरसञ्चारसम्बन्धी निति, ऐन र नियमहरुले आज नेपालका टाढाका बस्तीहरु र सबै नागरिकहरुलाई प्रविधिको पहुँचमा ल्याएको बताए । तरपनि प्रविधिका क्षेत्रहरुमा अझै धेरै कामहरु गर्न बाँकी रहेको उनको भनाई छ । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  १२ : २२ बजे