अमेरिकाको अलास्कामा ट्रम्प र पुटिनबीचको वार्ता बिना ठोस सहमती सकिएको भए पनि दुवै नेताले वार्तामा प्रगति भएको बताएका छन् ।
बार्तापछिको छोटो संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले केही बुँदामा सहमति हुन नसकेको बताए ।
ट्रम्पले भने वार्तामा ‘धेरै बुँदामा सहमति’ भए पनि ‘केही महत्त्वपूर्ण बुँदा’ अझै बाँकी रहेको बताएका छन्। उनले ‘सबैभन्दा महत्त्वपूर्ण’ एउटा विषयमा सहमति हुन नसकेको जनाए, पनि त्यसलाई खुलाएनन्।
वार्ताको अन्त्यमा ट्रम्पले पुटिनसँग ‘सायद छिट्टै फेरि भेट हुने’ बताए भने, पुटिनले जवाफमा भने, ‘अर्को भेट मस्कोमा’ हुने बताए।














