पाकिस्तानमा बाढिको बितण्डा : सिङ्गो गाउँ ध्वस्त,हजार भन्दा बढिको मृत्यु



पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा बाढी- पहिरोका कारण अझै सयौं मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन्।

बाढी-पहिरोका कारण साढे ६०० को हाराहारीमा मानिसको मृत्यु भइसकेको छ। अझै सयौ मानिसहरु बेपत्ता रहेका छन् ।

मृत्यु हुनेको सङ्ख्या लगातार बढिरहेको र त्यस्तो सङ्ख्या हजार नाघ्ने सरकारी अधिकारिहरुको अनुमान छ ।

खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा ठूलो संख्यामा मानिस हराइरहेका छन्। सडक भत्किएर धेरै आफन्तहरूले आफ्ना प्रियजनहरूको शव दाबी गर्न सकेका छैनन्।

प्रान्तीय उद्धार प्रवक्ताले एएफपीलाई बताएअनुसार बाढी सगैको पहिरोले १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। केही गाउ पुरौ पुरिएर नक्सानै परिबर्तन भएको बताइएको छ । शंगलामा पनि धेरै मानिस हराइरहेको प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्दार खतकले बताएका छन्।

पाकिस्तान सरकारले २१ अगस्टसम्म उत्तर–पश्चिमका धेरै स्थानहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ।

पञ्जाब प्रान्तमा मात्रै गत वर्षभन्दा बढी वर्षा भएको र यो जुलाई महिनामै अघिल्लो वर्षको समग्र मनसुनभन्दा बढी मृतक सङ्ख्या दर्ता भएको जनाइएको छ।

विज्ञका अनुसार उत्तरी पाकिस्तानका हिमनदी द्रुत गतिमा पग्लिइरहेका छन् यसका कारण पहिरो र बाढीको जोखिम अझ बढेको छ।

प्रकाशित मिति : भाद्र २, २०८२ सोमबार  १० : ०९ बजे