काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक बोलाएका छन् ।
कांग्रेसले आज दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको छ भने एमालेले पनि संसदीय दलको बैठक बोलाएको छ । ।
दुबै दलले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमाले दुबैले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेको चर्चा छ ।
त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्ने तयारि गरेका छन्









