काठमाडौँ । सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । रानालाई हटाउने उद्देश्यका साथ एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ ।
यस्तै नेपाली कांग्रेसले आजै दिउँसो २ बजे पदाधिकारी तथा सांसदरुको बैठक बोलाएको छ । रानालाई उपसभामुखबाट हटाउने तयारीको चर्चाबीच दुवै दलले आकस्मिक बैठक बोलाएका हुन् ।
दुवै दलले आमस्मिक बैठक बोलाए पनि उपसभामुख रानाका विषयमा भने एजेण्डा खुलाइएको छैन ।
उपसभामुखलाई पदबाट हटाउने तयारी चलिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले भने विरोधको तयारी गरेको छ । रानालाई हटाउने तयारी भएमा त्यसको रास्वपाले सशक्त रूपमा प्रतिवाद गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उसभामुखलाई हटाउन खोजिएको भन्नेबारे आधिकारिता पुष्टि हुन नसकेको र यदि त्यसो गर्न खोजिएको हो भने विरोध गर्ने उनले बताए ।
रानालाई पदबाट हटाउन कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।









