काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनले नेपाली भूमिको बारेमा नेपालको अनुस्थितिमा गरेको सम्झौताप्रति गम्भीर असहमति प्रकट गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भारत र चीनबीच भएको पछिल्लो सहमति आपत्तिजनक र अस्विकार्य रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो भूमिको बारेमा सम्झौता भएको पढ्यौं, सुन्यौं । नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीले गरेको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ,।’ ‘यो आपत्तिजनक छ, अस्वीकार्य छ ।









