प्रधानमन्त्री ओलीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट सुनुवाइका लागि पेशी तोकिएको छ ।

अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा दायर गरेको रिट निवेदन न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बिहीबार रिट दर्ता भएको र यसमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभाका सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालय विपक्षी बनाइएको छ।

संविधानको धारा १०० (२) अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : भाद्र ६, २०८२ शुक्रबार  ११ : ५४ बजे