राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते



काठमाडौं । प्रतिनिधिसभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ।

आज सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।

निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।

गएको साउन २७ गते समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : भाद्र ९, २०८२ सोमबार  १२ : ५२ बजे