काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारिहरुसहित शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।
राज्य व्यवस्था समितिको सभापतिबारे निर्णय लिन न कांग्रेसका नेताहरुको बैठक बस्न लागेको हो ।
बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ११ बजे बस्दै छ ।
राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ ।
हाल खाली रहेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ भने भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।









