सुनको मूल्य हालसम्मकै  उच्च



काठमाडौं ।स्थानिय बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यो मूल्य हालसम्मको उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १२, २०८२ बिहीबार  १२ : १३ बजे