काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शनिबार)बाट गर्ने चीन भ्रमणको जानकारी सदनलाई दिन लागेका हुन्।
बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ
आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।
साथै, सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ।
त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि छलफल गर्ने र त्यसलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।









