सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा तीन हजारले वृद्धि



काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ ।

आज सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुन दुई लाख तीन हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १५, २०८२ आईतबार  ११ : १४ बजे