रविलाई भेट्न नख्खु पुगे रास्वापाका ९ जना आकांक्षी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ मा उम्मेदवारका नौ जना आकाङ्क्षीहरू सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु जेल पुगेका छन् ।

पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् ।

रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ ।

सचिवालय बैठक बस्ने र बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ ।

प्रकाशित मिति : भाद्र १५, २०८२ आईतबार  १ : १० बजे