डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह



काठमाडौं । डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् ।

डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै आजदेखि सत्याग्रह सुरु गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगबाट गलत ढंगले मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय भएको भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित मिति : भाद्र १५, २०८२ आईतबार  २ : २५ बजे