काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोमा ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














