एनआईसी एसिया बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा २० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा छुट उपलब्ध हुने भएको छ । छुट उपलब्ध गराउने सम्बन्धमा होटेल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौंमा रहेको र्‍याडिसन होटेलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरूले उक्त होटेलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर ९जीम०मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ‘एयरपोर्ट लङ्ग एन्ड रेस्टुरेन्ट, पास्ट्री’ र ‘ट्रान्क्यूलिटी स्पा’ मा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटेलसँगको सहकार्यले ग्राहकलाई छुट उपलब्ध गर्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति : भाद्र १६, २०८२ सोमबार  ११ : ३९ बजे