भारतको पञ्जावमा बाढीको असर



काठमाडौं । भारतको उत्तरी राज्य पञ्जावमा बाढीको गम्भीर असर परेको अधिकारीहरूले बताएका छन् ।

मनसुनी वर्षाले राज्यभरि विनाश मच्चाएको छ । जसका कारण प्रमुख नदीहरू खतराको तह भन्दा माथि बगेका छन् ।

पञ्जावका २३ जिल्लामध्ये अहिलेसम्म २२ जिल्ला प्रभावित भएका छन् । बाढीको पानीले प्रभावित जिल्लाका गाउँहरू डुबानमा पारेको छ र कृषि जमिन डुबानमा परेको छ । विनाशकारी बाढीले किसानलाई ठूलो आर्थिक क्षति पु¥याएको छ ।

लगभग ३ लाख एकड कृषि जमिन डुबानमा परेको छ । अधिकारीहरूकाअनुसार राज्यभरका १ हजार ३ सय भन्दा बढी गाउँहरू बाढीबाट प्रभावित भएका छन् । १ लाख २५ हजार जनसंख्या प्रभावित भएको छ । एजेन्सी

प्रकाशित मिति : भाद्र १८, २०८२ बुधबार  १० : २६ बजे