चलचित्र ‘रिमै’ को प्रिमियर सम्पन्न



काठमाडौं । चलचित्र ‘रिमै’को प्रिमियर गरिएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको प्रिमियर गरिएको हो ।

शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को मुख्य भुमिकामा कलाकार दयाहाङ राई र रिश्मा गुरुङ रहेका छन् ।

चलचित्रको प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी सोरठी नाचसमेत प्रश्तुत गरिएको थियो । अभिनेता दयाहाङ राईले चलचित्र ‘रिमै’ नेपालको कुनै एउटा भेगको गुरुङ समुदायको संस्कारमाथीको कथा भएको बताए। उनले चलचित्रमा आफुले गुरुङ समुदायको भुमिका निवार्ह गर्न कोशिस गरेको बताए । तर भुमिकालाई न्याय गर्न नसकेको भन्दै उनले माफी समेत मागे ।

चलचित्र ‘रिमै’लाई खिलबहादुर गुरुङले निर्देशन गरे । यसको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हून् भने लेन्द्रध्वज कार्कीले चलचित्रलाई खिच्ए । चलचित्रमा दयाहाङ र रिस्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङलगायतको अभिनय छ । – न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र १९, २०८२ बिहीबार  ४ : ४८ बजे