काठमाडौँ । स्थानिय बजारमा सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज २ हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो ।
आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।














