सुनको मूल्यमा फेरि नयाँ रेकर्ड,कतिमा हूँदैछ कारोबार ?



काठमाडौँ । स्थानिय बजारमा सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज २ हजार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो ।

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : भाद्र २०, २०८२ शुक्रबार  १२ : १५ बजे