सोमबार सुनको मूल्य चार सयले घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं।स्थानिय बजारमा आज (सोमबार)सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ घटेको छ।

आइतबार २ हजार ५ सयले कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : भाद्र २३, २०८२ सोमबार  ११ : १८ बजे