काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।














