सुनको मूल्य घट्यो,तोलामा कति पूग्यो ?



काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : भाद्र २९, २०८२ आईतबार  ११ : १० बजे