काठमाडौँस् जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द शेयर बजार १० दिनपछि आज (बिहीबार)देखि खुल्दैछ। सत्ता परिवर्तनपछि आजदेखि बजार खुल्न लागेको हो।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले यसअघि असोज २ गतेसम्म बजार बन्द रहने सूचना जारी गरेकोमा सोमबार नयाँ सूचना निकाल्दै बुधबारदेखि बजार खुल्ने जानकारी गराएको थियो। तर बुधबार सरकारले जेनजी प्रदर्शनीका क्रममा मृत्यु भएका शहीदहरूको स्मृतिमा सार्वजनिक बिदा दिएपछि हिजो बजार खुलेको थिएन।
गत मंगलबार धितोपत्र बोर्डसँग परामर्श गरी नेप्सेले पुनस् बजार सञ्चालनको निर्णय गरेको हो।
धितोपत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०६३ मा शेयर बजार बढीमा ४ दिन सम्म मात्रै बन्द गर्नमिल्ने व्यवस्था गरेको छ। तर जेनजी प्रदर्शनका कारण यसपटक भने बजार यसपटक लामो समय बजार बन्द भएको हो। यसअघि भूकम्पमा शेयर बजार एक महिना र कोरोनाताका तीन महिनाभन्दा लामो बन्द भएको थियो।
लामो समयपछि खुल्न लागेको बजारले कस्तो गति लिनेछ भन्ने द्विविधा लगानीकर्तामा छ। कतिपयले शेयर बजार घट्ने आकलन गरिरहँदा केहीले भने सत्ता परिवर्तनका कारण सुशासन कायम हुनेहुँदा बजारमा त्यसको सकारात्मक प्रभाव पार्ने अनुमान गरेका छन्।














