नेप्से परिसूचकमा नकारात्मक सर्किट



काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिएको हो ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली ‘सर्किट ब्रेक’ हो।

बिहीबार दोस्रो सर्किट ब्रेक लाग्दा १३३.६१ अंकले घटेर बजार २५३८.६३ बिन्दुमा झरेको छ।

प्रकाशित मिति : आश्विन २, २०८२ बिहीबार  ११ : ३९ बजे