पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन



काठमाडौं। पछिल्लो समय सेयर बजारमा सुधार आउन नसक्दा लगानीकर्तामा निराशा देखिएको थियो।

जेन्जी आन्दोलनपछि बजारमा पहिरो गएपछि सेयर लगानीकर्ताको विश्वास कमजोर हुन गएको छ। सेयर बजार अझै घट्ने अवस्था आएपछि अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बजारलाई सुधारको पहल अघि बढाएका छन् ।

अर्थमन्त्री खनालले सेयर लगानीकर्ताको मनोबल उकास्नलाई चाल्नुपर्ने कदमबारे सुझाव दिन मन्त्रिस्तरिय निर्णय गरी एक कार्यदल गठन गरेका छन्। अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेका छन्।

जसअनुसार कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्ज९नेप्से० का कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला कार्यदलको सदस्यसचिव तोकिएका छन्।

धितोपत्र बजारमा विकसित विसङ्गती तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन पाँच दिनभित्र कार्ययोजना पेश गर्न अधिकार दिइएको छ।

अर्थमन्त्री खनाललाई बिहीबार सेयर लगानीकर्ताले भेटी धितोपत्र बजार सुधारका काम अघि बढाउन सुझाव दिएको थियो।

जेनजीको आन्दोलका कारण सेयर बजार झण्डै एक साता बन्द भयो । भदौ २३ पछि बिहीबार खुलेको सेयर बजारमा १६० अंकको भारी गिरावट आएको थियो। यसबीचमा तीन पटक नकरात्मक सर्किट लागेपछि बजार बन्द भएको थियो ।

पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको थियो। नेप्सेले दोस्रो पटकका लागि ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो। तर घट्ने क्रम नरोकिएपछि बिहीबारको सेयर कारबोर बन्द भयो।

साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १६०।३३ अंक घटेर २५११।९१ अंकमा झरेको थियो। कारोबार खुलेको २ मिनेटमै ४ प्रतिशत बजार घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो।

त्यसपछि ५ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि कारोबार बन्द हुन पुगेको थियो। तेस्रो पटक ६ प्रतिशत घटेर बजार बन्द भयो। बिहीबार २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने नौ कम्पनीको मात्र बढेको थियो।

प्रकाशित मिति : आश्विन ३, २०८२ शुक्रबार  २ : ०७ बजे