काठमाडौं । आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहनेछ। ुसोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहे तापनि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छु, राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ।
आरटीजीएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो। यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ। रासस














