मञ्जुश्री फाइनान्सले शेयरधनीलाई २० करोड बढी लाभांश बाँड्ने



काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ।

असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ रहेकोमा त्यसको १५ प्रतिशत हुनआउने २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ लाभांश वितरण गर्ने लागेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

प्रकाशित मिति : आश्विन ८, २०८२ बुधबार  ९ : ०५ बजे