काठमाडौं । स्थानीय बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
आज सूनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सून प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














