उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न २१ दिनको समय,नतिरे लाइन काटिने



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट बिजुली लिएका उद्योगीहरुलाई बक्यौता बिजुली महसुल २१ दिनभित्र भुक्तानी गर्न समय दिएको छ

विद्युत प्राधिकरणले आइतबार सूचना जारी गर्दै यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको जानकारी गराएको छ ।

मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ।

प्राधिकरणले डिकेटड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।
विद्युत् प्राधिकरण, विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाईनमार्फत विद्युत उपभोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनको लागि २०६२ जेठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद कायम गरी मिति २०८२ वैशाख २६ र सोही महिनाको ३० गते सूचना प्रकाशित गरिएकोमा सो म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारवाहीहरु सञ्चालक समितिको निर्णयानुसार बदर भएको जानकारी गराएको छ।

प्राधिकरण सञ्चालक समितिको यही असोज १० को निर्णयानुसार भएको जानकारी गराएको छ। मासिक किस्तावन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरुलाई बढिमा २८ महिनाको किस्तावन्दीको सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ।

ऊर्जा मन्त्री नियुक्त हुनसाथ कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन वक्यौता असूल गर्ने पहिलो निर्णय गरेका थिए।

प्रकाशित मिति : आश्विन १२, २०८२ आईतबार  ११ : ३५ बजे