नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री मोदी



काठमाडौं, १९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललानई आवश्यक पर्ने कुनैपनि खाले सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत मोदीले नेपालमा भएको भारी वर्षाको कारण भएको जनधनको क्षति पीडादायी रहेको उल्लेख गरेका छन् ।

उनले यस कठिन समयमा भारत सरकार र भारतीय जनता नेपाली जनता र नेपाल सरकारको साथमा रहेको पनि बताएका छन् ।

मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रुपमा भारत आवश्यक पर्ने कुनैपनि खाले सहयोग गर्न प्रतिबद्ध रहेको पनि मोदीले विश्वास दिलाएका छन् ।

प्रकाशित मिति : आश्विन १९, २०८२ आईतबार  ५ : ३८ बजे