पश्चिम भारतको अस्पतालमा आगलागी हुँदा ६ बिरामीको मृत्यु



काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानको सरकारी अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० भित्र ठूलो आगलागी हुँदा ६ बिरामीको मृत्यु भएको स्थानीय प्रहरीले सोमवार पुष्टि गरेको छ ।

राजस्थानको राजधानी जयपुरमा रहेको सवाई मान सिंह अस्पतालमा आईतवार र सोमवार राति आगलागी भएको थियो ।

आगलागी सर्ट सर्किटका कारण भएको प्रहरीले जनाएको छ । अस्पतालको दोस्रो तल्लामा आईसीयू रहेको थियो । प्रहरीकाअनुसार आगो छिटो फैलियो र विषाक्त ग्यास निस्कियो । जसले गर्दा बिरामीहरूको मृत्यु भयो ।

आगलागी हुँदा आईसीयू भित्र जम्मा ११ बिरामी थिए । पाँच बिरामीलाई आगोबाट बचाउन सकिएको तर अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०८२ मंगलबार  ११ : ४७ बजे