बाढी—पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द



काठमाडौं । बाढी—पहिरोले इलामका मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको जानकारी दिए ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले यसपटक सबैभन्दा बढी पानी इलाममा परेको बताए।

उनका अनुसार रामेछाप र पाचथरमा एक÷एक वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

प्रकाशित मिति : आश्विन २१, २०८२ मंगलबार  ६ : ५८ बजे