सुनको मूल्य हालसम्मकै उच्च,बुधबार एकैदिन बढ्यो २६ सय



काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार सुन दुई लाख ३५ हजा४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज उक्त रेडर्क तोडिएको हो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : आश्विन २२, २०८२ बुधबार  ११ : ५९ बजे