काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला ४२ सय रुपैयाँले घटेर दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ६० रुपैयाँ बढेको छ । बिहीबार चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














