सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

आज सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ ।यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २८, २०८२ मंगलबार  ११ : १५ बजे