नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी-बाइ अफर, ग्यालेक्सी बड्स र वाचमा ५३ प्रतिशत सम्म छुट



काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ “ग्यालेक्सी मल्टिबाइ अफर” सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा चयनित ग्यालेक्सी वाच र बड्स मा विशेष छुट पाउनेछन्।

यो अफर सीमित अवधिका लागि नेपालभरका सामसङका अधिकृत स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ५३% सम्मको छुट प्राप्त गर्न सकिनेछ।

यो विशेष मल्टिबाइ अफर ले प्रयोगकर्ताहरूलाई आफ्नो फोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउँछ। यी उपकरणहरू रक्तचाप (BP) र ECG जस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी, र Galaxy AI द्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएका छन्।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङमा हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ जसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउँछ। यो अफरमार्फत हामी ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति सहज रूपमा अनुभव गर्न अवसर दिइरहेका छौं।”

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ०५ ब्याजदरमा इएमआई योजनाबाट नयाँ डिभाइस प्राप्त गर्न सक्नेछन्। प्रक्रिया सहज छ -केवल नागरिकता प्रमाणपत्र भए पुग्छ।

प्रकाशित मिति : आश्विन २८, २०८२ मंगलबार  २ : १७ बजे