दुई महिनामै भित्रियो तीन खर्ब ५२ अर्ब रेमिट्यान्स



काठमाडौं। चालू आर्थिक वर्षको दुई महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशत वृद्धि भएको छ। गत भदौसम्म तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशत बढेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशत वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशत बढेको थियो। खुद द्वितीय आय ९खुद ट्रान्सफर० तीन खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ८७ अर्ब ७६ करोड रुपैयाँ थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ।

प्रकाशित मिति : आश्विन २८, २०८२ मंगलबार  ७ : ०५ बजे