चीनद्वारा लङ मार्च–८ ए रकेट प्रक्षेपण



काठमाडौं । चीनले बिहीवार दक्षिणी टापु प्रान्त हेनानमा लङ मार्च–८ए वाहक रकेट प्रक्षेपण गरेको छ ।

चीनले इन्टरनेट उपग्रहहरूको समूहलाई अन्तरिक्षमा पठाएको हो ।

रकेट बिहान ९ः३३ बजे हेनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट उडान भरेको थियो ।

यसले कम–कक्ष इन्टरनेट उपग्रहहरूको १२ औं समूह, पेलोडहरूलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षामा राखेको चीनले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ३१, २०८२ शुक्रबार  १० : ०५ बजे