सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार  ११ : १६ बजे