एन आई सी एशिया बैंकका ग्राहकहरूलाई कमलादीस्थित स्काइवाक टावरमा २५ प्रतिशत छुट



काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

बैंकका ग्राहकलाई Wonders Nepal Pvt. Ltd. द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार  ४ : ३२ बजे