एन आई सी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट



काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरुले यस अस्पतालमा सेवा लिँदाOPD Ticketमा ५० प्रतिशत, Normal Bed Chargeमा २५ प्रतिशत, , ICU/NICU/PICU/CCUमा १० प्रतिशत,, Surgical Treatments मा १५ प्रतिशत, , Pathological Lab Charges मा १५ प्रतिशत, Radiological Services मा १५ प्रतिशत ‘CT र MRIबाहेक’ र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार  ११ : ३० बजे