अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प,ठुलो हताहतिको आशंका



काठमाडौं । अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ ।

स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो ।

भुकम्पबाट मजार-ए-शरीफ राजधानी रहेको बल्ख प्रान्तका तालिबान प्रवक्ता हाजी जैदले चार जनाको मृत्यु भएको र कैयौँ मानिसहरू घाइते भएको एक्समा पोस्ट गरेका छन्।

नजिकैको हिमाली जिल्ला समानगन जिल्लाका एक जना स्वास्थ्य अधिकारीले सात जनाको मृत्यु भएको र १५० जनालाई उपचारका लागि स्वास्थ्य केन्द्रहरूमा पुर्‍याइएको समाचार संस्था रोएटर्ससँग बताएका छन्। बीबीसीले यो सङ्ख्याको स्वतन्त्र पुष्टि गरेको छैन।

आफ्नो अघिल्लो पोस्टमा हाजी जैदले प्रान्तका सबैजसो जिल्लाहरूमा सामान्य घाइते र सामान्य क्षतिका विवरणहरू प्राप्त भएको जनाएका थिए।

अधिकांश घाइतेहरूलाई अग्ला भवनहरूबाट खसेका कारण चोटपटक लागेको छ,उनले भनेका थिए।

प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार  ९ : ०१ बजे