तोलामा १४ सय रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  १२ : ०८ बजे