काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट सेल अफ दि ईयर”को आयोजना गर्ने घोषणा गरेको छ ।
“फर दि शोस्टपर ईन यू” थीममा आधारित हुने यो अभियान कार्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ ।
करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्नेछन् ।
यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखला नै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५% सम्म अफको फ्ल्याश सेल, ७५% सम्म अफको मेगा डिल, ७०% सम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट हुनेछन् । ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११ / १११ / १,१११ / ११,१११ रुपैयाँ डिलहरु पनि पाउन सक्नेछन् । साथै, असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभपनि लिन सक्नुहुनेछ । डेलिभरी डिस्काउन्ट सुविधा रु.३९९ माथिका अर्डरमा तथा रु.६९९ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।
मेगासेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१००% छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनेछ । यसरी आफ्नो सहभागिता जनाउनु भएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गनेछन् । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१०,००० को खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।
नोभेम्बर १०को राति ८ बजेदेखि सुरु हुने सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८% हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ ।
साथै, उपभोक्ताहरुले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि, फेसन विकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् । त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउँनेछन् ।
यस वर्षको मेगा डिलमा सेताफिल, ,,र्होटो, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् । गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा किक लाईफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा ईटालिया, र्हाइना डर्मा रहेकाछन् । प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरुले संयुक्तरुपमा ११.११ अवधिभर ईलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथा लाईफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
अपग्रेडेड दराजमल
११.११ अघि नै दराजले आफ्नो दराजमललाई नयाँ परिस्कृत रूप र अनुभवसहित प्रस्तुत गरिसकेको छ । यस अन्तर्गत यहाँ प्रमाणित ब्रान्ड र आधिकारिक विक्रेताहरुबाट मात्र वस्तुहरु उपलब्ध गराइने तयारी रहेको छ । नयाँ दराजमलले ग्राहकहरूलाई तीन गुणा सम्मको क्याशब्याक ग्यारेन्टी (सर्तहरु लाागू) सहित प्रामाणिकता र विश्वासको नयाँ स्तर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
छानिएका बैंकहरु मार्फत प्रिपेमेन्ट अफरहरू
११.११ मार्फत उपभोक्ताहरुलाई थप रोमाञ्चकता प्रदान गर्ने सोचका साथ दराजले नेपालका सात प्रमुख बैंकहरूसँग सहकार्य गर्दै प्रीपेमेंट छुटहरुको घोषणा गरेको छ । यस अन्तर्गत उपभोक्ताले अवधिभर निम्नानुसार लाभ उठाउन सक्नेछन् ।
• क्रेडिट कार्ड प्रयोगकर्ताका लागिः २०% छुट (रु.२,००० सम्म)
• डेबिट कार्ड प्रयोगकर्ताका लागिः १५% छुट (रु.१,५०० सम्म)
यस अफरमा सहभागी बैंकहरूमा नविल बैंक, हिमालयन बैंक, माछापुच्छ बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र गरिमा बैंक रहेका छन् ।














