सुनको मूल्य एकैदिन तोलामा चार हजार ९०० ले बढ्यो



काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार  ११ : २३ बजे