सुनको मूल्य घट्यो,तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुन ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार  ११ : १० बजे