भारतको उत्तरी राज्य बिहारमा सम्पन्न विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धन एनडीएले निर्णायक जित हासिल गरेसँगै समर्थकहरूले खुसियाली मनाइरहेका छन्।
राज्यका कुल २४३ सीटमध्ये एनडीएले २०२ सीटमाथि विजय हासिल गरेको छ। विपक्षीहरूको महागठबन्धनले ३५ सीट मात्र ल्याउन सक्यो।
मोदीले यो उनको गठबन्धनको जित मात्रै नभई लोकतन्त्रकै जित भएको बताएका छन्।
सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो। उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए।
सर्वाधिक मत खस्यो
सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो। उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए।
निर्वाचन आयोगका अनुसार नोभेम्बर ६ र ११ तारिखमा मतदान सम्पन्न भएकामा कीर्तिमान स्तरमा अर्थात् ६६.९१ प्रतिशत मत खसेको थियो।
उक्त प्रतिशत बिहारमा सन् १९५१ मा पहिलो पटक मतदान भएयताकै सबैभन्दा उच्च भएको निर्वाचन आयोगले जनाएको छ।
बिहारमा निर्णायक जितसँगै मोदीको गठबन्धनमा खुसियाली छाएको छ ।
ती दुई दलले अहिले बिहारमा शासन गरिरहेका छन्, जहाँ जेडीयूका नीतिश कुमार मुख्यमन्त्री रहेका छन्।
मुख्य प्रतिद्वन्द्वीका रूपमा भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेस, राष्ट्रिय जनता दल (आरजेडी) र अरू साना दलहरू सम्मिलित महागठबन्धन रहेको थियो।
बीजेपी र उसका वरिष्ठ नेताहरूले चुनावी नतिजाको प्रशंसा गरेका छन् र बिहारका मतदाताहरूलाई धन्यवाद दिएका छन्।
बिहारमा भएको चुनावले आगामी वर्ष बङ्गाल, केरला र तमिलनाडुमा हुने चुनावका लागि पूर्वसङ्केत गर्ने छ, जहाँ सत्ताबाहिर रहेको बीजेपीले आफ्नो प्रभाव देखाउन सङ्घर्ष गर्नुपरेको छ।
बिहार भारतका सबैभन्दा गरिब राज्य हो, जहाँका लाखौँ जनता कामका लागि अरू राज्यहरूमा जाने गर्छन्।
बिहार भारतका त्यस्ता थोरै राज्यहरूको सूचीमा पर्छ, जहाँ बीजेपी आफैँले मात्र सरकार गठन गर्न सकेको छैन।
राजनीतिक विश्लेषकहरूले बिहारमा बीजेपी नेतृत्वको गठबन्धनको रणनीतिको प्रशंसा गरेका छन्।














